तीन रनले खेल पाकिस्तानले जित्यो, इङ्ग्ल्याण्डविरुद्धको श्रृङ्खला २-२ को बराबरीमा

तीन रनले खेल पाकिस्तानले जित्यो, इङ्ग्ल्याण्डविरुद्धको श्रृङ्खला २-२ को बराबरीमा

काठमाडौं: पाकिस्तान र इङ्ग्ल्याण्डविरुद्धको टी ट्वेन्टी श्रृङ्खला २-२ को बराबरीमा पुगेको छ। गए राति सम्पन्न खेल पाकिस्तानले तीन रनले जितेसँगै खेल बराबरीमा पुगेको हो।

इङ्ग्लिस टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्यो। ब्याटिङमा उत्रिएको पाकिस्तानी टोलीका मोहम्मद रिजवान र कप्तान बाबर आजमले पारीलाई स्थापित गरे। रिजवान ६७ बलमा ८८ रन बनाएर आउट भए। यसअघि नै बाबर २८ बलमा ३६ रन बनाएर पभेलियन फर्केका थिए।

यस्तै आउट हुनुअघि शान मसुदले २१ रनको पारी खेले।

बलिङतर्फ इङ्ग्ल्याण्डका रिसी टोप्लेले २ तथा लियाम डसनले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्लिस टोलीका ओपनरहरू दुवै छिटै आउट भए। तेस्रो र चौथो विकेटका लागि आएका बेन डकेट र ह्यारी ब्रुकले ३३ र ३४ रनको पारी खेल्दै इनिङ्स सम्हाले पनि पर्याप्त भएन।

बलिङतर्फ पाकिस्तानका मोहम्मद नवाज र ह्यारिस राउफले ३-३ विकेट लिए। राउफ म्यान अफ द म्याच पनि भए।

यी दुई टोलीबीचको अर्को खेल बुधबार राति ८:१५ बाट सुरु हुनेछ।

१० असोज, २०७९, ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।