सिरियामा लेबनानबाट ल्याएको आप्रवासी चढेको डुङ्गा डुब्दा ३४ जनाको मृत्यु

सिरियामा लेबनानबाट ल्याएको आप्रवासी चढेको डुङ्गा डुब्दा ३४ जनाको मृत्यु
साङ्केतिक तस्बिर

एजेन्सी: लेबनानबाट ल्याइएको आप्रवासीहरू चढेको डुङ्गा सिरियाको समुद्रमा डुब्दा कम्तीमा पनि ३४ जनाको ज्यान गएको छ।लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरू केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ। उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुङ्गा साइप्रसका लागि हिँडेको थियो।

डुङ्गामा क्षमताभन्दा धेरै मानिसहरू चढेका कारण डुबेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्नेबारेमा थाहा नभएको उद्धार गरिएका व्यक्तिहरूले जनाएका छन्। सो डुङ्गामा लेबनान, सिरिया र अरु अज्ञात नागरिकहरू पनि रहेका बताइएको छ।

त्यस डुङ्गामा परेर हराएकाहरूको खोजी कार्य जारी रहेको छ। खोजीका लागि हेलिकोप्टर र स्थानीय माझीहरूलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ।

७ असोज, २०७९, १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।