उकेरा शिक्षा

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोजमा ३० र ३१ गते, कस्ता विद्यार्थीले दिन पाउने ?


काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ३० र ३१ गते गर्ने भएको छ।

शनिबार सार्वजनिक सूचना प्रकाशित गर्दै बोर्डले असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूका सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने जनाएको छ।

यस्तै, असोज ३१ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

०७९ को जेठमा भएको नियमित परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी प्राप्त गरेकाहरूले पूरक परीक्षा दिन पाउनेछन्।

यस्तै, सैद्धान्तिकतर्फ अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढिमा दुई विषयमा अनुपस्थित (एबसेन्ट) भएका परीक्षार्थीहरूले दुई विषयसम्म पूरक परीक्षामा सहभागी हुन पाउने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ।

यस परीक्षामा सहभागी हुन योग्यता पुगेका र इच्छुकले असोज ७ गतेभित्र ६ सय रूपैयाँ र १४ गतेभित्र १२ सय रूपैयाँ बोर्डको खातामा परीक्षा शुल्कबापत बुझाएर विद्यालयले असोज २५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भौचर पठाइसक्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म

चैत १९ आइतबार अनिवार्य गणित, २० गते सोमबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ। चैत २२ बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य....

चैत १७ बाट एसईई, यस्तो छ परीक्षा तालिका

परीक्षा समय बिहान ८ बजेदेखि बिहान ११ बजेसम्मको रहेको छ। जसअनुसार पहिलो दिन १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य....

बहुदरमाईले मधेश विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ। बहुदरमाई नगरपालिकाका प्रमुख सिङ्गासन साह तेलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट मधेश विश्वविद्यालयको....

आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुँदैनः शिक्षा मन्त्रालय

समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई याे निर्देशन दिएकाे हाे। शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले यस विषयमा शिक्षा मन्त्रालयको गम्भीर....

बेलकोटगढी नगरपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई दश लाख दिने

स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ। “नगरभित्र....