कक्षा १२ नतिजा : ३५ विद्यार्थीले ल्याए १.६१ देखि २ जीपीए, १ लाख ८८ हजार ग्रेडविहीन

कक्षा १२ नतिजा : ३५ विद्यार्थीले ल्याए १.६१ देखि २ जीपीए, १ लाख ८८ हजार ग्रेडविहीन

काठमाडौं : यसपटकको कक्षा १२ को परीक्षामा ३५ जना विद्यार्थीले १.६१ देखि २ जीपीए ल्याएका छन्।

ननग्रेडिङ प्रणाली अनुसार शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार यसपटक सबैभन्दा कम विद्यार्थीले १.६१ देखि  २ जीपीए ल्याएका हुन्।

बोर्डका अुनसार २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा ६५ हजार २ सय ८४ धेरै छ।

६४ हजार ९३ विद्यार्थीले २.४१ देखि २.८० जीपीए ल्याउँदा ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ३० हजार १ सय ७ छ।

१० हजार ९ सय विद्यार्थीले २.०१ देखि २.४० जीपीए ल्याउँदा ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ छ।

कुनै पनि ग्रेड नल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै १ लाख ८८ हजार ४ सय १० छ। यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ। त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ।

गत जेठ १५ देखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए।

१७ भदौ, २०७९, १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।