काठमाडौंको फोहोर २९ संस्थालाई मोहोर, सम्झौता छैन तर पैसा लिन्छ महानगर

काठमाडौंको फोहोर २९ संस्थालाई मोहोर, सम्झौता छैन तर पैसा लिन्छ महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार महानगरको ३२ वटै वडामा २८ वटा संस्थाले आफूखुसी शुल्क तोकेर फोहोर उठाउँछन्। तर महानगरले तीनै संस्थाले आफूखुसी उठाएको फोहोर ल्यान्डफिल्ड साइटमा लगेवापत शुल्क लिने गरेको छ।

उकेराले सूचनाको हक प्रयोग गरेर लिएको विवरणमा कुन कम्पनीले कुन वडामा फोहोर संकलन गर्छ र सम्बन्धित व्यक्ति को हो भन्नेसम्मको विवरण छ।

महानगरसँग सम्झौता पनि छैन भन्छ महानगर। तर स्वीकृति नै नलिई मनलाग्दी शुल्क तोक्ने कम्पनीलाई किन नियन्त्रण नगरेको अनि तिनीहरुले नै संकलन गरेको फोहोर ल्यान्डफिल्ड साइटमा विसर्जन गराएको भन्ने उत्तर महानगरसँग छैन।

निमित्त विभागीय प्रमुख सरिता राईले दिएको लिखित विवरणमा लगानी बोर्डले काठमाडौंको फोहोर व्यवस्थापनबारे नेपेवेष्ट प्रालिसँग पिडिए गरेकाले औपचारिक रूपमा कसैसँग सम्झौता नगरिएको दावी गरिएको छ।

औपचारिक सम्झौता नभएको बताउने महानगरले उनीहरूले संकलन गररेको फोहोरको तौल अनुसार पैसा लिने गरेको स्वीकारेको छ।

आठ मेट्रिक टन फोहोर ल्यान्डफिल्ड साइटमा लगेवापत तीन सय र आठ मेट्रिक टनभन्दा बढीको चार सय शुल्क उठाउने गरेको महानगरकै पत्रमा उल्लेख छ। सो वापत आर्थिक वर्ष २०७८/०७९ मा महानगरले एक करोड १७ लाख संकलन गरेको छ।

३० साउन, २०७९, २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।