सेयर बजारको ओरालो यात्रा जारी

सेयर बजारको ओरालो यात्रा जारी

काठमाडौं : नेप्से परिसूचक आज १९ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अङ्कले ओरालो लागेर दुई हजार ३७ दशमलव ९२ मा सीमित भएको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब शून्य आठ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ६७ मा सीमित भएको छ। कूल दुई सय २३ कम्पनीको ६२ लाख ९८ हजार छ सय ३८ कित्ता शेयर रु एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ मूल्यमा खरिद बिक्री भए। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै वृद्धि भएको छ। सो उपसमूहको मूल्यमा शून्य दशमलव शून्य सात अङ्कले वृद्धि भयो।

बैंकिङ तीन दशमलव शून्य दुई, व्यापार शून्य दशमलव ११, होटल तथा पर्यटन ५० दशमलव शून्य एक, विकास बैंक ५७ दशमलव ३३, जलविद्युत् ३१ दशमलव ७८, वित्त ४० दशमलव १७, निर्जीवन बीमा ६३ दशमलव ७८, उत्पादन ८२ दशमलव १८, अन्य ३० दशमलव नौ, लघुवित्त ३३ दशमलव ९४, जीवन बीमा ६७ दशमलव ८२ र लगानी एक दशमलव २४ अङ्कले ओरालो लागेको छ। 

२६ साउन, २०७९, १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।