टेनिसबाट सेरेना विलियम्सको सन्यास

टेनिसबाट सेरेना विलियम्सको सन्यास

काठमाडौं : विश्व टेनिसमा पटक-पटक नम्बर वान स्थान ओगटेकी महिला टेनिस स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छिन्। उनले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन्।

उनले गएराति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरिन्। गएको जुनमा उनले विम्बल्डन च्याम्पियनसिप खेलेकी थिइन्।

करिब एक वर्ष टेनिसबाट बाहिर रहेकी सेरेनाले सामाजिक सञ्जालमा आफ्नो काउनडाउन शुरु भएको उल्लेख गरेकी छन्।

सरेनाले आफूलाई सन्यास शब्द मन नपर्ने भए पनि अब आफ्ना लागि टेनिसको उल्टो गन्ती सुरु भएको बताएकी छिन्।

'म सन्यास शब्दलाई कसरी प्रयोग गर्ने भन्नेबारे संवेदनशील हुन चाहन्छु। मैले टेनिसको आनन्द लिइरहे। तर अब उल्टो गन्ती सुरु भएको छ।'

४० वर्षीया अमेरिकी खेलाडी सेरेनाले हालसम्म २३ ग्रान्डस्लाम जितेकी छिन्। पछिल्लो पटक सन् २०१७ मा उनले ग्रान्डस्लाम जितेकी थिइन्।

२५ साउन, २०७९, ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।