सहायक क्याम्पस प्रमुख झामाथि कार्यकक्षमै हमला: दोषीलाई कडा कारबाही गर्न नेशनल प्याब्सनको माग

सहायक क्याम्पस प्रमुख झामाथि कार्यकक्षमै हमला: दोषीलाई कडा कारबाही गर्न नेशनल प्याब्सनको माग

काठमाडौंः नेशनल प्याब्सनका पूर्व केन्द्रीय समिति सदस्य तथा पब्लिक युथ क्याम्पस जनकपुरका सहायक क्याम्पस प्रमुख भूपनारायण झामाथि उनकै कार्यकक्षमा हमला भएको छ। गत मङ्गलबार बिहान १० बजे क्याम्पसमा बीए दोस्रो वर्षको परीक्षा चलिरहेको बेला केही व्यक्तिहरूले उनीमाथि हमला गरेको नेशनल प्याब्सनले आज एक विज्ञप्ति जारी गर्दै बताएको छ।

यस घटनाले परीक्षार्थी विद्यार्थी तथा अभिभावक, शिक्षक र कर्मचारीहरू आतंकित भएको नेशनल प्याब्सनले जनाएको छ। यस्तै झामाथिको हमलाले विभिन्न शंका तथा उपशंका उब्जाएको भन्दै घटनाको भर्त्सना गर्दै सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न नेशनल प्याब्सनले माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'घटनाको यथाशीघ्र छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीउपर कडा कारबाहीका लागि जोडदार माग गर्दै निजको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।'

२० साउन, २०७९, १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।