एसईई परीक्षामा रुपन्देहीका पाँच विद्यार्थीले ल्याए 'जीपीए ४'

एसईई परीक्षामा रुपन्देहीका पाँच विद्यार्थीले ल्याए 'जीपीए ४'

बुटवलः माध्यमिक शिक्षा परीक्षा 'एसईई'मा यस वर्ष रुपन्देहीबाट पाँच जना विद्यार्थीले जीपीए ४ ल्याएका छन्। जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार अक्सफोर्ड माविका दुई, होराइजन माविका दुई र कालिका मानवज्ञानबाट एक जनाले जीपीए ४ ल्याएका हुन्।

अक्सफोर्डका विद्यार्थीहरू विलक्षण भुसाल र दिपेश भुसालले जीपीए ४ ल्याएको विद्यालयले जनाएको छ। त्यस्तैगरी बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलबाट दुई जनाले जीपीए ४ प्राप्त गरेका हुन्।

बुटवलको सामुदायिक विद्यालय कालिका मानवज्ञान माविबाट विवेक न्यौपानेले ४ जीपीए ल्याएको विद्यालयका शिक्षक युवराज कँडेलले जानकारी दिए।

रुपन्देहीका ३३५ विद्यालयका १७ हजार ६९३ विद्यार्थी परीक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ।

१२ साउन, २०७९, ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।