दुई सन्तानलाई साक्षी राखेर पन्जाबका मुख्यमन्त्रीले गरे दोस्रो विवाह

दुई सन्तानलाई साक्षी राखेर पन्जाबका मुख्यमन्त्रीले गरे दोस्रो विवाह

एजेन्सी : भारत पन्जाबका मुख्यमन्त्री भगवन्त मानले दोस्रो विवाह गरेका छन्। आम आदमी पार्टीबाट पन्जाबको मुख्यमन्त्री भएका उनको पहिलो विवाह सन् २०१५ मा टुटेको थियो।

४८ वर्षका मानले डक्टर गुरप्रित कौरसँग दोस्रो विवाह गरेका हुन्। उनको विवाहमा भगवन्त मानका परिवारका सदस्यहरू बाहेक दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको परिवार समेत विवाहमा सहभागी भएका थिए। उनको दोस्रो श्रीमती गुरप्रीत हरियाणाको किसान परिवारकी हुन्।

सन् २०१५ मा पहिलो श्रीमतीसँग डिभोर्स भएको थियो। पहिलो श्रीमतीबाट २ जना सन्तान छन्। दुवै सन्तान आफ्नो बाबुको विवाहमा सहभागी भएका थिए। उनको पहिलो श्रीमती र दुवै सन्तान अमेरिकामा बस्दै आएका छन्।

२३ असार, २०७९, २३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।