नेपाल बाहिर

लिवियाको मरुभूमिबाट अवैध रूपमा युरोप पुग्न  हिँडेका २० जनाकै शव फेला पर्‍यो


एजेन्सी : अफ्रिकी मुलुक लिबियाको मरुभूमिमा हराएका २० जनाको शव फेला परेको छ। झन्डै १४ दिनअघि हराएका उनीहरू सबैको दक्षिण पश्चिमी कुर्फा नजिकैको सीमादेखि ३ सय २० किलोमिटर दुरीमा शव फेला परेको हो। 

स्थानीय समयअनुसार मङ्गलवार सो क्षेत्र हुँदै यात्रा गरिरहेका एक ट्रक चालकले उनीहरूको शव देखेका थिए। उनीहरू सबैको पानी खान नपाएका कारण मृत्यु भएको बुधवार अन्तर्राष्ट्रिय मिडियाहरूले समाचार प्रकाशित गरेका छन्। 

कुर्फाका एम्बुलेन्स प्रमुख इब्राहिम बेलहसनले बुधवार दिएको जानकारीअनुसार जुन १४ गतेदेखि हराइरहेका उनीहरू सबैको छुट्टाछुट्टै स्थानमा शव फेला परेको हो। ४० डिग्री सेल्सियसको तापक्रममा मरुभूमि हुँदै यात्रा गरिरहेका सबैले पानी पिउन नपाएपछि मृत्यु भएको पुष्टि भएको छ। 

मृतक सबै चाड मुलुकका आप्रवासी रहेको र उनीहरू लिविया हुँदै युरोपेली मुलुकको यात्रा गरिरहेको बताइको छ। अन्तर्राष्ट्रिय आप्रवासी संस्था आइओएमका अनुसार गत वर्ष मात्र लिविया र चाडजस्ता मुलुकबाट मात्र १५ सयभन्दा बढी शरणार्थी अवैध बाटो हुँदै युरोपेली मुलुक पुगेका छन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चामल अभाव हुने डर हटेपछि भारतले हटायाे निर्यातमा लगाएकाे प्रतिबन्ध

महाननिर्देशनालयले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।  वैदेशिक....

५८ वर्षीय एक पुरुषले जानाजान खाए १८७ वटा सिक्का

जब डाक्टरहरुले पत्याएनन् तब उनीहरुले एन्डोस्कोपी गरे र त्यसपछि थाहा भयो कि ती सिक्का ती व्यक्तिले आफैं निलेका थिए। डाक्टरले एन्डोस्कोपी गरेर ग्यास्ट्रोटोमी शल्यक्रिया गरेर....

क्यामरुनमा मृत्यु संस्कारका लागि जम्मा भएकाहरू पहिरोमा परे: १४ जनाको मृत्यु, केही बेपत्ता

क्यामरुनको यस क्षेत्रमा पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ। यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए। त्यस....

संसारको एउटा यस्तो गाउँ जहाँ साँझमा मानिसको निद्रा हराउँछ

पोस्टका अनुसार यस गाउँको नाम कुल्लरपुर (कुल्लरपुर, अम्बाला) हो। यहाँ साँझपख मानिसको निन्द्रा हराउँछ। किनभने अनौठो कीराको डरले यहाँ मानिसहरूको दिमाग घुम्न थाल्छ।....

उत्तर कोरियालाई विश्वकै शक्तिशाली आणविक शक्ति बनाउने किम जोङ उनको दावी

किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन्। नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले....