'हाम्रोमा पनि मान्छे छन्' भन्ने देखाउन समाजवादीको केन्द्रीय परिषद् बैठक

'हाम्रोमा पनि मान्छे छन्' भन्ने देखाउन समाजवादीको केन्द्रीय परिषद् बैठक

काठमाडौंः एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक प्रज्ञा प्रतिष्ठानमा सोमबार र मङ्गलबार हुँदैछ। बैठकको लागि देशभरबाट एक हजार ६ सय प्रतिनिधि काठमाडौं आएका छन्।

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकमा पार्टीका महासचिव बेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। बैठकमा पार्टीको सांगठनिक गतिविधि, निर्वाचनको समीक्षा तथा तयारी लगायतका अजेण्डामा बैठकमा छलफल हुने बताइएको छ।

'अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गर्छौं, कुम्भ मेला जस्तै हो। चुनावमा मान्छेहरू खटाउँछौँ', प्रवक्ता जगन्नाथ खतिवडाले भने, 'हाम्रोमा पनि मान्छे छन् है भनेर देखाउने बेला पनि हो।'

पार्टी अध्यक्ष नेपालको प्रतिवेदनमा पार्टीको आगामी कार्यदिशा र रणनीति रहेको छ।

१३ असार, २०७९, १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।