श्रीलङ्काले इन्धन खपत तथा वितरणमा कटौती गर्ने

श्रीलङ्काले इन्धन खपत तथा वितरणमा कटौती गर्ने

एजेन्सीः श्रीलङ्का सरकारले इन्धनमा कटौती गर्ने भएको छ। श्रीलङ्काले यस हप्ताका लागि आयात गरेको डिजेल, पेट्रोलसहित कच्चा तेल प्राप्त गर्न नसकेपछि देशभित्रै इन्धन कटौती गरेको हो।

श्रीलङ्काली इन्धन तथा ऊर्जामन्त्री कन्चन विजकेसरीले यसबारे जानकारी दिएका हुन्। बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो।

मन्त्री विजकेसरीका अनुसार सार्वजनिक यातायात, अस्पताल र उद्योगहरूलाई प्राथमिकता दिइने र अरू क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने छ।

उनले कच्चा तेल अर्काे हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गरेका छन्।

१२ असार, २०७९, १२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।