लोक गीत संरक्षण गर्ने जिम्मा अब भेलु बाजेहरूकै हो त ?

लोक गीत संरक्षण गर्ने जिम्मा अब भेलु बाजेहरूकै हो त ?

हैन नानी नभन्नु त्यसरी
हाम्को बाउको, हाम्रो छोरोको
मायाजाल बुन्छु म,
झिमझिम सानु नझिम्क्याऊ परेली, भुतुक्कै हुन्छु म।

लोक गायिका राधिका हमाललाई एक दोहोरी कार्यक्रममा अहिलेका भाइरल भेलु बाजेले फर्काएको गीति उत्तर हो यो। 'मनकामना रोधी घर नेपाल' नामको युट्युब च्यानलमा राखिएको यो भिडियो केही समयअघि नेपालको युट्युबको ट्रेन्डिङमा पनि आएको थियो। 

राधिका हमालजत्तिको चर्चित गायिकाले समेत भ्युजको लोभमा भेलु बाजेको सहारा लिनुपरेको यो भिडियोले प्रष्ट पार्छ। किनभने युट्युबको कमेन्ट सेक्सनमा राधिकाले आफ्नो अफिसियल च्यानलबाट कमेन्ट गर्दै उनको च्यानल सब्स्क्राइब गरिदिन पनि आग्रह गरेकी छिन्।

त्यस्तै, बिग एचडी परिवेश स्टुडियोमा एक लोक गीत रेकर्ड भयो। गीतको बोल थियो, 'भेलु बाजे आहा चाउमिनवाला'। बीचमा बसेर हार्मोनियम बजाउँदै गीत गाउन सिकाइरहेका थिए- स्टुडियो सञ्चालक भुवन बडु।

अरू त अरू प्युठानलाई भेलु बाजेले चिनाएको भन्नेसम्मको चर्चा सामाजिक सञ्चालमा भइरहेको छ।

दुई भाइरल (भेलु बाजे र हिरा गुप्ता)को जोहो गर्ने काम गरेका थिए- युट्युबर भोजराज थापाले। सेलेब नेपाल नामको युट्युब च्यानलले गीत रेकर्डसँगै अन्तर्वार्ताका भिडियो सार्वजनिक गरेको छ। जसमा 'हास्दा हास्दा मर्न आँटे' जस्ता प्रतिक्रियाले कमेन्ट सेक्सन भरिएको छ।

'एक करोड पाए एक हाफ चाउमिन खान्छु', 'दुई करोड पाए अन्डा हालेको हाफ चाउमिन खान्छु' भनेर भाइरल भएका काले दाई (हिरा गुप्ता) र 'बेल्कुल', 'माटोक्ने' जस्ता शब्द बोलेर भाइरल भएका भेलु बाजे यिनै गीतहरूसँगै अब लोक गायक बनेका छन्।

भेलु बाजेलाई त चर्चित संगीतकार बीबी अनुरागीले समेत स्टुडियो छिराएर गीत गाउन लगाइसकेका छन्। प्युठानी ठाडी भाका 'काटे डाली कैन' लोपोन्मुख लोक गीत भन्दै उनले रेकर्ड गराएका हुन्। भ्युज करिब १३ लाख छ।

सुर र तालको बेइज्जत गरिएको गीतमा अनुरागीसँगै अन्य वाद्यवाधक इन्जोय गरिरहेको हेर्न सकिन्छ। अरू त अरू गीतमा शब्दको पनि टुङ्गो छैन। बीचमा आउने 'माटोक्ने' र 'आँदै आउन्न' बाहेक।

तर फेरि यो गीतमा आएको प्रतिक्रिया हेर्ने हो भने, 'घाँस दाउरा गर्दा गाइने पुरानो ठाडी भाका संरक्षण गरिदिएकोमा दुवैलाई धन्यवाद' भन्नेजस्ता कमेन्ट आएका छन्।

अरू त अरू प्युठानलाई भेलु बाजेले चिनाएको भन्नेसम्मको चर्चा सामाजिक सञ्चालमा भइरहेको छ।

तर, भेलु बाजेले गाएको गीत ठाडी भाका नै हो त? भेलु बाजेजस्ता जे मन लाग्यो त्यस्तै बोल्ने मानिसले वास्तविक भाकालाई कत्तिको न्याय गर्न सकेका छन्? जस्ता कुरामा खासै अनुसन्धान भएको देखिएन।

लोक गीतको संरक्षण गरेको दावी गर्ने इन्द्रेणी कार्यक्रम र यसका सञ्चालक कृष्ण कँडेलले त सचिनको जिम्मेवारी नै लिएका थिए। तर यतिबेला सचिन मानिसहरूसँग पैसा माग्दै हिँडेको भिडियो भाइरल भएको छ।

यसबारे बीबी अनुरागीसँग जिज्ञासा राख्दा उनले भने, 'म सुरुदेखि नै नेपाली गीत संगीतमा लोपोन्मुख भाका संरक्षण गर्न लागिपरेको मानिस हुँ। प्युठानमै एक भाइले भेलु बाजेसँग भाका छ भने, मैले निःशुल्क रेकर्ड गराएँ।'

अनुसन्धान नभए पनि आफू लामो समयदेखि लोक गीतको क्षेत्रमा काम गरेकाले यो पक्का प्युठानी ठाडी भाका भएको उनको दावी छ। 

उनले भने, 'मेरो स्टुडियोमा दुई जना प्युठानी भाइहरू काम गर्छन्। उनीहरूले पनि यस्ता गीत सुनेको बताए। सुरुमा दस्ताबेज स्वरूप भेलु बाजेको स्वरमा रेकर्ड गराएका हौं, अब आउने नयाँ पुस्ताले यसबारे अनुसन्धान गर्नेछ।'

अरू त अरू अनुरागी भेलु बाजेको बचाउमा कतिसम्म उत्रे भने बीचमा भएको 'आँदै आउन्न', 'माटोक्ने' जस्ता शब्द पनि गीतको मीठास भएको बताउँछन्।

उनी भन्छन्, 'केटा समूह र केटी समूह हुन्छ रे। अनि गीत गाउने क्रममा ठट्टा रमाइलो स्वरूप यस्ता शब्द बोल्ने चलन हुन्छ रे।'

भेलु बाजे र काले दाइ मात्र होइन अलि अगाडि 'के छ हजुर' भनेर चर्चामा आएका नाबालक सचिन परियारको आवाजमा पनि लोक गीत रेकर्ड भइसकेको छ।

उनले पनि विभिन्न चर्चित गायिकाहरूसँग दोहोरी खेले। लोक गीतको संरक्षण गरेको दावी गर्ने इन्द्रेणी कार्यक्रम र यसका सञ्चालक कृष्ण कँडेलले त सचिनको जिम्मेवारी नै लिएका थिए। तर यतिबेला सचिन मानिसहरूसँग पैसा माग्दै हिँडेको भिडियो भाइरल भएको छ।

युट्युबमा भ्युज कमाउन छोडेपछि उनको भाइरल समय सकियो। उनी सडकमा झरे। 

१२ कक्षासम्म निःशुल्क पढाइदिन्छु भन्ने विद्यालयदेखि उनको जिम्मा लिएका सबैले सचिनका बाबु तेजेन्द्रले राख्न नदिएको बताएका छन्। तर तेजेन्द्रले भने त्यस्तो नभएको भन्दै अन्तर्वार्ता दिइरहेका छन्।

सबै भाइरलले गीत गाउन सक्दैनन्
'सचिन परियारको भविष्यबारे सोच्नुपर्छ। उनी कलाकार हुन योग्य छन् कि छैनन्। उनी गीत गाउन सक्छन् कि नाईँ। उनलाई रियाज गराएर सक्षम बनाएर ल्याउँदा के हुनेछ? उनको रोजाइको क्षेत्रमा लगाउँदा हुँदैन? जो पनि आयो, लोक दोहोरीमै हाल्यो, यो गलत हो। यसले सचिनको मात्रै हैन, कसैको पनि भविष्य बन्दैन।' 

संगीतकार हुनासाथ संगीत क्षेत्रकै ठेक्का लिनुपर्छ भन्ने त छैन। तर अनुरागी जत्तिको संगीतकारको कर्तव्य गीत रेकर्ड गराउनु मात्र हो कि संगीत क्षेत्रको उत्थान गर्नु पनि हो?

सचिन परियार भाइरलको चुलीमा हुँदा मोडल विमल अधिकारीले एक कार्यक्रममा फ्याट्टै बोलिदिए। 

उनको आलोचना यतिसम्म भयो कि, कतिपयले श्रद्धाञ्जली नै प्रकट गरे उनको फोटो बनाएर। उनले माफी समेत माग्नुपर्यो।

'जो भाइरल भयो, उसैलाई गीतसंगीमा हुल्नु हुँदैन', संगीतकार वसन्त सापकोटा भन्छन्, 'मानिसहरू विभिन्न विलक्षण प्रतिभाका कारण भाइरल भएका हुन्छन्, सामान्य मानिस भाइरल हुँदैनन्। तर जो मानिस जे कारणले भाइरल भएका हुन्, उनीहरूलाई त्यस्तै काममा लगाउन जरुरी छ। सबै भाइरलले गीत गाउन सक्छन् भन्ने हुँदैन।'

समीक्षा अधिकारी लगायत चर्चित कलाकारहरूलाई वसन्त आफैँले संगीत क्षेत्रमा ल्याएका हुन्। 'ऊ भाइरल भएको कारण स्वर हो', वसन्त भन्छन्, 'अश्लील बोलेर भाइरल हुने, गलत सूचना दिएर भाइरल हुनेहरू पनि संगीतमा आए। उनीहरूको यस्ता हर्कत र गीतसंगीतमा प्रवेश भविष्यका लागि राम्रो हैन।'

भाइरल कलाकारले धानेको लोकदोहोरी
संगीतकार बीबी अनुरागी यदि भाइरल कलाकारले लोक गीत नगाउने हो भने ५० वटा गीत पनि रेकर्ड नहुने दावी गर्छन्। उनले भने, भाइरल कलाकार भन्दा अझै तल्लो स्तरका स्वर भएकाहरूले गीत रेकर्ड गराइरहेका छन्। ती चलेका छैनन्, भाइरल चलेकाले यो क्षेत्र उनीहरूले नै धानेका हुन्।

गतिलो स्वर खोज्ने हो भने ५० प्रतिशत गायक गायिका पनि फेला नपर्ने उनको दावी छ। 

अनुरागीले भने, 'मलाई भेलु बाजेलाई गीत गाउन लगाएको भनेर धेरैले आलोचना गरे। मैले अरू भेलु बाजेभन्दा खत्तम स्वर भएकाहरूको पनि गीत रेकर्ड गराएको छु। भाइरल भएकैले उसले गीत गाउन हुँदैन भन्ने मान्यता नै गलत हो।'

संगीतकार हुनासाथ संगीत क्षेत्रकै ठेक्का लिनुपर्छ भन्ने त छैन। तर अनुरागी जत्तिको संगीतकारको कर्तव्य गीत रेकर्ड गराउनु मात्र हो कि संगीत क्षेत्रको उत्थान गर्नु पनि हो? अथवा विकृतिबाट जोगाउन नसके पनि कम्तीमा आफू जोगिनुपर्ने हो।

कि लोक गीत संरक्षणको जिम्मा अब भेलु बाजे जस्ता भाइरलहरूको काँधमा आइपुगेको हो?

यो कुरा अनुरागीले पक्कै सोचेका होलान्।

११ असार, २०७९, १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।