आमालाई समर्पित गर्दै कमेडियन विक्कीले ल्याए भद्दा शो, रोष्टको बहानामा डबल मिनिङ हाबी

आमालाई समर्पित गर्दै कमेडियन विक्कीले ल्याए भद्दा शो, रोष्टको बहानामा डबल मिनिङ हाबी

काठमाडौँ : कमेडी च्याम्पियन-२ का फस्ट रनर अप विक्की अग्रवालले आफ्नो थेगो 'आम्मा कस्सम याँ दुख्छ' को घोषणा गर्दा उनले प्रतियोगितामा जुन गुणस्तरको कार्यक्रम ल्याउने आशा गरिएको थियो त्यो पहिलो एपिसोडमै फ्लप भयो।

नेपालको पहिलो रोस्टर कमेडी शो भनेर दाबी गरिएको कार्यक्रम पहिलो रोस्टर हैन कि कमेडिको नाममा डबल मिनिङले भरिएको पहिलो अश्लील कार्यक्रमको छवि बनायो। अनि कार्यक्रमको दाबी अनुसार कार्यक्रम सञ्चालक विक्कीले गेस्टलाई रोस्ट गर्नुपर्नेमा पहिलो एपिसोडको गेस्ट बनेर आएकी गायिका ज्योति मगरले उल्टो उनलाई पानी-पानी बनाइन्।

ज्योति आफ्नो चिरपरिचित अदामै कार्यक्रममा सहभागी भएकी थिइन्। उनका जवाफहरू पनि नौला हैनन्। तर व्यङ्ग्यको आवरणमा कार्यक्रममा जसरी विक्की इत्रिइरहेका थिए नि त्यसले उनले आफ्नी आमाको नाममा समर्पण गरेको कार्यक्रमको स्तरले आमाकै अपमान गरेको देखियो।

उनको उद्देश्य स्वस्थ व्यङ्ग्यको आधारमा मनोरञ्जन दिनु कम अनि डबल मिनिङको सहारामा पहिलो शो नै भाइरल बनाउने लक्ष्य मात्र देखियो कार्यक्रममा।

रोस्टको बहानामा 'ज्योति एकरातको कति' मात्रै हैन ज्योति जाने हो, ज्योति दिने हो जस्ता यौनसँग जोडिएका डबल मिनिङका संवादहरूले भरिएका थिए कार्यक्रम।

कार्यक्रमको प्रारम्भमै संस्कृति र मर्यादाले भरिपूर्ण गायिका ज्योति मगर भनेर परिचय दिइएको थियो। उनी कार्यक्रमको प्रारम्भमै उनको स्तनको आकार अनुमान गर्दै भने' ३६'। ज्योतिले भनिन् ४०।

तिमिहरू जस्तो नयाँ भाइहरूलाई केही दिऊँ भनेर आएको भन्ने ज्योतिको उत्तरमा कार्यक्रममा सहभागी दर्शकहरू धेरै इत्रिँदै हाँसिरहेका थिए।

महोत्सवमा बोलाउँदा जाने हो भनेर हैन गर्ने हो भनेर सोध्छन् भन्दा होस् या राती आशावादी व्यक्ति कोठामा आएको थियो नि भन्दा ज्योतिले पुरै' अतृप्त आत्मा भएर आएका थिए। तर सम्भव भएन' भन्ने उत्तर दिएकी थिइन् उनले।

रोस्ट गर्न कार्यक्रममा बोलाए पनि विक्की आफैँ रोस्ट भए। उनले जस्तो डबल मिनिङको प्रश्न सोध्थे ज्योतिले त्यो भन्दा भद्दा उत्तरहरू दिइन् कार्यक्रममा। 

कार्यक्रमको डिस्क्लेमरमा उनले स्वस्थ मनोरञ्जनको उद्देश्यले कार्यक्रम बनाएको दाबी गरेका छन्। तर पहिलो एपिसोडकै शैलीमा कार्यक्रम अगाडि बढ्ने हो भने त्यसमा १८ वर्षकाले मात्र एक्लै हेर्नु भन्ने शब्द थप्दा फरक पर्दैन।

१० असार, २०७९, २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।