१७ एसएसपीको बढुवा सिफारिसमा चार महिला, पहिलो नम्बरमा वसन्त

१७ एसएसपीको बढुवा सिफारिसमा चार महिला, पहिलो नम्बरमा वसन्त

काठमाडौँ : गृह मन्त्रालयको बढुवा सचिवालयले रिक्त १७ डिआइजी पदमा बढुवाका लागी १७ एसएसपीको सिफारिस शुचि निकालेको छ। आगामी प्रहरी नेतृत्व चयन यही समूहबाट हुने भएकाले बढुवाको क्रमसङ्ख्यालाई महत्वका साथ हेरिएको छ।

पहिलो नम्बरमा बढुवाका लागी कस्सिएका दीपक थापा चौथो नम्बरमा सिफारिसमा परेका छन्। पहिलो नम्बरमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका बशन्तबहादुर कुँवरको नाम सिफारिस भएको छ।

दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंहको नाम परेको छ। काठमाडौँ परिसरको प्रमुख हुँदा सिंह जुवा खालमा भेटिएको चेक फिर्ता दिएको केसमा तानिएका थिए।

गृहको निर्देशनमा छानबिन गर्दा उनी दोषी देखिएर कारबाही सिफारिस भए पनि गृहकै निर्देशनमा पछि कारबाही रोकिएको थियो।

पाँचौँ नम्बरमा श्यामलाल ज्ञवाली, छैठौमा किरण बज्राचार्यको नाम परेको छ। क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ,उमेशराज जोशी, भिमप्रसाद ढकाल,रामदत्त जोशी,पोषराज पोखरेल, बुद्धि गुरुङ, दुर्गा सिंह र किरण राणाको नाम बढुवा सिफारिसमा परेको छ।

८ असार, २०७९, २३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।