अनुरागकी छोरी आलियाले सार्वजनिक गरिन् लिपलक तस्बिर

अनुरागकी छोरी आलियाले सार्वजनिक गरिन् लिपलक तस्बिर

एजेन्सी : बलिउडका चर्चित निर्देशक अनुराग कश्यपकी छोरी आलियाले उनको प्रेमीसँग समुन्द्रमा पौडी खेल्दै लिपलक गरेको तस्बिर भाइरल भएको छ। उनी फिल्मी क्षेत्रमा संलग्न छैनन्। तर सामाजिक सञ्जालमा सक्रिय छिन्।

उनले प्रेमी शेन ग्रेगोइरेसँग लिपलक गर्दै गरेको तस्बिर आफैँले सार्वजनिक गरेकी हुन्। उनले आफ्नो इन्टाग्राम अकाउन्टमा लिपलकको तस्बिर सार्वजनिक गरेकी हुन्। उनी विदामा रहेको बेलामा प्रेमीसँग समुन्द्रमा रमाइरहेको तस्बिरहरु समेत सार्वजनिक गरेकी छिन्।

यी दुवै युट्युबवर हुन्। उनीहरूबिच डेटिङ एपमार्फत परिचय भएको हो। दुवै लामो समयदेखि एक डेटमा छन्। आलिया अनुरागको पहिलो श्रीमती आरतीकी श्रीमती हुन्। यी दुवैको डिभोर्स भइसकेको छ।

६ असार, २०७९, २३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।