दिवसमा पट्यारलाग्दा भाषण सुनाउनुभन्दा बालबालिकालाई यस्तो काम गराए हुन्न !

दिवसमा पट्यारलाग्दा भाषण सुनाउनुभन्दा बालबालिकालाई यस्तो काम गराए हुन्न !

ललितपुर  : विद्यालयका कोर्सका किताब मात्रै हैन व्यवहारिक ज्ञान समेत दिनुपर्छ भनिए पनि अधिकांश नेपालका विद्यालयहरू किताबी ज्ञानमै बढी केन्द्रित हुन्छन्। उनीहरूलाई सामाजिक काममा संलग्न गराउने भनेको यसो पर्व र दिवसहरूमा हो।

दिवसमा पनि बालबालिकाहरूको भूमिका कुनै कार्यक्रममा सहभागी भएर अतिथिहरूका पट्यारलाग्दो भाषण सुन्ने अनि ताली बजाउने हुन्छ। कसै कसैले सडक किनारमा प्लेकार्ड बोक्यो अनि नारा लगायो मै सकिन्छ सामाजिक उत्तरदायित्व।

नजिकै रहेका सार्वजनिक स्थलको सरसफाइ गराउने, नजिकैको बाल आश्रम या वृद्धाश्रममा सहभागी गराएर सामाजिक काम सिकाउन पनि सकिन्छ। तर अधिकांशको प्राथमिकता यस्ता काममा भन्दा ‌औपचारिक कार्यक्रममा मन्त्री लगायतका अतिथिको कार्यक्रममा भिड बढाउनेमै बढी केन्द्रित देखिन्छन्। वातावरण दिवसमा अधिकांश विद्यालयहरूले यस्तै काम चलाउ कार्यक्रम गरेरै वातावरण दिवसको झारा टारे।

सोमबार कार्यालय आउनेक्रममा जावलाखेलमा एक हुल विध्यार्थीहरु भेला भएर केही गरिरहेको देखियो। के रहेछ भनेर नजिकै जाँदा उनीहरू मन्दिर सफा गरिरहेका थिए। उनीहरू रहेछन् जावलाखेलको फ्युचर स्टार स्कुलका विद्यार्थी।

हरेक वर्ष सो विद्यालयले यसरी नै विध्यार्थीहरुलाई सार्वजनिक स्थानमा लगेर सफाइमा सहभागी गराउने गरेको रहेछ। यो पटक वातावरण दिवसको दिन बिदा परेकाले विध्यार्थीहरु आएनन्। त्यसैले उनीहरूले सोमबार कक्षा सातदेखि कक्षा १० सम्मका विध्यार्थीहरुलाई जम्मा पारेर मन्दिर लगायतका सार्वजनिक थलोको सफाइ गराएको थियो।

२३ जेठ, २०७९, १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।