चिरिबाबु र बाबुराजा सँगै सगुन लिएर निस्केका थिए, तर बाबुराजालाई गठबन्धनको सबै भोट आएन 

चिरिबाबु र बाबुराजा सँगै सगुन लिएर निस्केका थिए, तर बाबुराजालाई गठबन्धनको सबै भोट आएन 

ललितपुर : ललितपुर महानगरको प्रमुखमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले लिड गरिरहेका छन्। उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्यले लिड गरिरहेकी छिन्। २३ हजार ४६२ गणना हुँदा महर्जनले १२ हजार भन्दा बढी मत ल्याएका छन्। 

उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले ६ हजार ७७७ मत ल्याएकी छिन्। गठबन्धन तथा माओवादी उम्मेदवार बाबुराजा बज्राचार्य  ५ हजार ३९ मत ल्याएका छन्। जबकि उम्मेदवार नै भएको रुख चुनाव चिन्हमा ३ हजार ५०९ मत खसेको छ। यो मत गठबन्धनको उम्मेदवारकोमा खसेको भए बाबुराजाको मत ८ हजार ५४८ हुने थियो। 

कांग्रेसी मतदाताले माओवादीलाई खुलेर मत दिएनन्। ‘गठबन्धनको मर्म छ त्यसलाई अक्षरशः पालना गरेका छौँ। हामीले नगरेको केही पनि छैन। हामीले घरदैलो कार्यक्रम गर्दा उहाँहरूलाई लिएर नगएका ठाउँ छैन। कोठे बैठक गर्दा उहाँहरू सहभागी नभएको बैठक छैन।

प्रचार सामग्रीलाई बराबर स्थान दियौँ,’ मेयरका प्रत्याशी महर्जनले भने, ‘भोट खसाल्ने दिनमा पनि हामी दाइ-भाइ सँगै सगुन लिएर निस्कियौँ, दुई जना दिनभर ३–४ वडा बाहेक सबै वडामा पुग्यौँ। तर पनि बाबुराजा बज्राचार्यलाई गठबन्धनको सबै भोट आएन।’ 

आफूहरुले मात्र चाहेर नहुने र जनताको मन मस्तिष्कमा छिर्न पर्ने रहेछ भन्ने कुरा आफूले बुझेको महर्जनले बताए। ‘गठबन्धनको निर्णयले मात्र भोटर्सहरुको मनमा छिर्ने देखिएन। हाम्रो उम्मेदवार नभएका ठाउँमा भोट खस्यो। एक रो तल आएर भोट हालेका भए हँसिया हथौडामा भोट खस्थ्यो। त्यही रोमा भोट हाल्दा उहाँ (बाबुराजा) लाई अप्ठेरो पर्ने देखियो,’ महर्जनले भने।

४ जेठ, २०७९, १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।