वडाध्यक्षका उम्मेदवारको प्रतिनिधि बन्न ललितपुर गएका थिए बालेन, नपाएपछि फर्किए

वडाध्यक्षका उम्मेदवारको प्रतिनिधि बन्न ललितपुर गएका थिए बालेन, नपाएपछि फर्किए
बालेन साह र नरसिंह व्यञ्जनकार

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन साह आज बिहान ललितपुरको मतगणनास्थल पुगे। त्यहाँ उनले चिरिबाबु महर्जनसँग भेट गरे। र, फर्किए।

तर, बालेन त्यहाँ चिरिबाबुसँग भेट्न गएका भने होइन रहेछन्। उनी ललितपुर महानगरपालिका वडा नम्बर १० बाट स्वतन्त्र वडाअध्यक्ष उठेका नरसिंह व्यञ्जनकारको गणना प्रतिनिधि बस्न चाहन्थे। बालेन आफैं पनि स्वतन्त्र उम्मेदवार भएकाले उनी व्यञ्जनकारको प्रतिनिधि बस्न चाहेका थिए।

तर, अर्को नगरको व्यक्ति प्रतिनिधि बन्न नपाइने भएपछि उनी फर्किए। उनले प्रतिनिधि बस्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र समेत बनाएका थिए।

४ जेठ, २०७९, १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।