सूर्यगढीमा बहुमत वडासहित अध्यक्ष-उपाध्यक्षमा कांग्रेस विजयी 

सूर्यगढीमा बहुमत वडासहित अध्यक्ष-उपाध्यक्षमा कांग्रेस विजयी 

काठमाडौं: नुवाकोटको सूर्यगढी गाउँपालिकामा बहुमत वडासहित कांग्रेसले जितेको छ। यहाँ अध्यक्ष र र उपाध्यक्षमा कांग्रेस विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

बिहान आएको नतिजाअनुसार कांग्रेसका सन्तबहादुर तामाङले तीन हजार ७५९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। दोस्रो स्थानमा रहेका एमालेका राजेन्द्र रिजालले दुई हजार ८८९ मत ल्याए। 

उपाध्यक्षमा पनि कांग्रेस नै विजयी भयो। कांग्रेसकी मञ्जु बुढाथोकीले तीन हजार २०३ मत प्राप्त गर्दा एमाले उम्मेदवार गंगा आचार्यले दुई हजार ९३२ मत प्राप्त गरिन्।

माओवादी उम्मेदवार इमानसिंह तमाङले दुई हजार ६७३ मत प्राप्त गरे। यहाँ कांग्रेसले बहुमत वडा जितेको छ।

३ जेठ, २०७९, १०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।