बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

बुटवल : बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा दुई दिन बिदा दिएको छ।

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार बिदा दिइएको उपमहानगरपालिका कार्यालयले जनाएको छ।

गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत् जनाएका छन्।

२० बैशाख, २०८१, ०९:००:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।