बुद्ध जयन्तीमा रंङगिदै स्वयम्भू

बुद्ध जयन्तीमा रंङगिदै स्वयम्भू

वैशाख शुल्क पूर्णिमा अर्थात् २५६६ औँ बुद्ध जयन्ती। देशभर विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका दूत मानिने बुद्धको जयन्ती नेपालसँगै बौद्धमार्गी भएका विश्वभर मनाइन्छ। स्तुपा, चैत्य, गुम्बाहरूमा पूजा पाठ हुन्छ आज।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिनलाई जयन्तीको रूपमा मानिँदै आएको छ।

काठमाडौँमा बौद्ध, स्वयम्भूनाथ, चाबहिलको चारुमति विहार, महाबौद्ध लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्यमा विशेष कार्यक्रमको आयोजना गरियो। रुपन्देहीको लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै आएका छन्। त्यहाँ प्रधानमन्त्री शेरबहादुर देउवासहित विशेष कार्यक्रम भइरहेको छ।

२ जेठ, २०७९, १८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।