रुपन्देहीको सैनामैनामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

रुपन्देहीको सैनामैनामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

बुटवल : रुपन्देहीको सैनामैनामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका फणिन्द्र शर्माले अग्रता कायम राखेका छन्। सैनामैना वार्ड नं १ को १३ सय मतगणना हुँदा शर्माले ५६२ मत ल्याएका छन्। 

एमालेका चित्र बहादुर कार्कीले ५ सय १० मत ल्याएका छन्। उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नारायण महत अगाडी छन्। 

उनले ५८१ मत ल्याउँदा एमालेकी विना रानाले ५३३ मत ल्याएकी छिन्। राना र कार्की ०७४ सालको निर्वाचनमा प्रमुख, उपप्रमुखमा विजयी भएका जनप्रतिनिधि हुन।
 

३१ बैशाख, २०७९, १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।