१ नम्बर वडाको मतपेटिकाबाट ललितपुरमा मतगणना सुरु

१ नम्बर वडाको मतपेटिकाबाट ललितपुरमा मतगणना सुरु

काठमाडौंः ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ। बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णयपछि वडा नम्बर १ को मतपेटिका खोल्दै मतगणना सुरु गरिएको हो।

महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन्।

उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्य लगायत छन्।

३१ बैशाख, २०७९, १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।