उकेरा अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने वृद्धि 


काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। साताको सुरुदेखि बढेको नेप्से अन्तिम दिन १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० अंकमा पुगेको हो । बुधबार नेप्से ५६ अंकले बढेको थियो।

बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। ५२ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेमा बुधबार ५३ लाख ३३ हजार एक सय नौ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो । आइतबारदेखि बुधबारसम्म एक सय ३० ले बढेको सेयर बजार स्थानीय चुनावको अघिल्लो दिन केही घटेको हो। 

बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ७ अंकले घटेर ४ सय ५४ अंकमा आइपुगेको छ।  सेयर बजारमा एक सय ७५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ४१ कम्पनीका सेयरधनीले नाफा कमाएका छन्। बिहीबार नेप्सेमा म्यान्युफक्चर सेक्टर र अन्य सेक्टरबाहेक सबै सेक्टरका सेयरधनीले नोक्सानी व्यहोरे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आज कति छ सुनको मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० तोकिएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९५ हजार ३०० कायम भएको छ। महासंघका अनुसार....

सुनको मूल्य तोलामा ९६ हजार ७००

यसअघि छापावाल सुन तोलामा ९६ हजार ५०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रहेको छ।....

हिजो एक हजारले घटेको सुनको मूल्य आज आठ सयले बढ्यो

हिजो सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले घटेको थियो। यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। आज....

विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी, नौ महिनामा सात खर्ब २४ अर्ब भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको छ।....

रोकिएन मूल्यवृद्धिः चैतमा मुद्रास्फीत ७.२८ प्रतिशत पुग्यो, २८.३६ प्रतिशतले बढ्यो खाने तेलको मूल्य 

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ। चैत महिनामा औसत मुद्रास्फीति ५.६२....