नेपाल र जिम्बावे 'ए' बीच निर्णायक खेल आज, मैदान भिजेका कारण टसमा ढिलाइ

नेपाल र जिम्बावे 'ए' बीच निर्णायक खेल आज, मैदान भिजेका कारण टसमा ढिलाइ
मैदान भिजेका कारण अभ्यासमा जिम्बावे 'ए' का खेलाडी। तस्बिर: क्यान

काठमाडौंः नेपाल र जिम्बावे 'ए' बीच जारी एकदिवसीय श्रृङ्खलाको अन्तिम र निर्णायक खेल आज हुँदैछ। तीन खेलको श्रृङ्खलामा हाल दुवै टोली १-१ को बराबरीमा छन्।

आजको खेल ९:३० मा सुरु हुने भनिए पनि वर्षाले मैदान भिजेको कारण टस समेत हुन सकेको छैन। सवा १० बजे अम्पायरले निरीक्षण गरेपछि खेल खेलाइने नखेलाइने टुङ्गो लाग्नेछ।

आजको खेलमा दुवै टोली जितको अपेक्षासहित खेल्नेछन्। दुवै टोलीको नजर आजको खेल जित्दै उपाधि हात पार्नेमा हुनेछ।

यसअघि नेपाल र जिम्बावेबीच टी ट्वेन्टी श्रृङ्खला समेत भएको थियो। त्यसमा पनि एक खेल वर्षाले रद्द हुँदा दुई खेल १-१ को बराबरीमै सकिएको थियो।

टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेको राष्ट्रिय टीमबाट खेलिसकेका आठ खेलाडी यस स्क्वाडमा पनि छन्। यद्यपि नेपालले तुलनात्मक रूपमा बलियो टोलीविरुद्ध राम्रै प्रदर्शन गरिरहेको छ।

नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे 'ए' सँग प्रतियोगिता खेलेको हो।

२६ बैशाख, २०७९, ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।