आइपिएल : गुजरातको दोस्रो हार तर शीर्ष स्थानमा कायमै

आइपिएल : गुजरातको दोस्रो हार तर शीर्ष स्थानमा कायमै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राति भएको खेलमा पञ्जावले गुजरातलाई ८ विकेटले पराजित गरेको छ। शीर्ष स्थानमा रहेको गुजरातको यो दोस्रो हार हो।

डिवाई पाटिल स्पोर्ट एकेडेमी, मुम्बईमा टस जितेर पहिलो व्याटिङ गरेको गुजरातले पञ्जावलाई १४३ रनको सामान्य लक्ष्य पेस गरेको थियो। तर सो लक्ष्य पञ्जाबले १६ ओभरमै पूरा गर्योव। खेल जित्दा पञ्जावलले केवल दुई विकेट मात्र गुमायो।

पञ्जाबको जितमा ब्याट्सम्यान शिखर धवनले ६२ रनको योगदान दिए। उनले अविजित रहँदै ८ चौका र १ छक्का प्रहार गरेका थिए।

गुजरातका लागि भने साई सुदर्शनले अविजित ६५ रन बनाएका थिए। रिद्दिमान शाहले २१ रन जोड्दा डेभिड मिलर र राहुल टेवाटियाले समान ११-११ रन जोडे।

पञ्जाबका लागि कागिशो रबाडाले सर्वाधिक ४ विकेट लिँदै टोलीलाई जिताएका थिए।

२१ बैशाख, २०७९, ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।