जिम्बावे 'ए'सँगको दोस्रो टी ट्वेन्टी आज, श्रृङ्खला जोगाउन जित्नैपर्ने दबाबमा नेपाल

जिम्बावे 'ए'सँगको दोस्रो टी ट्वेन्टी आज, श्रृङ्खला जोगाउन जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौंः नेपाल र जिम्बावे 'ए' विरुद्धको दोस्रो टी ट्वेन्टी खेल आज हुँदैछ। त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे दुई टोली भिड्दैछन्।

यसअघि हिजो नेपाल ६ विकेटले जिम्बावेसँग पराजित भएको थियो। तीन खेलको टी ट्वेन्टी श्रृङ्खलामा आज नेपालले जित हासिल नगरे श्रृङ्खला जिम्बावेले जित्नेछ। आज नेपालले जिते श्रृङ्खलाको उपाधिका लागि तेस्रो तथा अन्तिम खेल निर्णायक हुनेछ।

नेपाल आज हारको बदलासँगै श्रृङ्खला जोगाउन चाहन्छ। जिम्बावे दोस्रो जितसँगै उपाधि कब्जा गर्न चाहन्छ।

आजको खेलपछि तेस्रो टी ट्वेन्टी बुधबार हुनेछ भने ६, ७ र ९ मेमा एकदिवसीय खेलहरू हुनेछन्।

नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे 'ए' सँग प्रतियोगिता खेलेको हो। यो श्रृङ्खलालाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन।

१९ बैशाख, २०७९, ०८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।