काठमाडौंः आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। आज बिहान ८ बजेबाट परीक्षा सुरु भइसकेको छ।
उकेरा शिक्षा
दुई वर्षपछि भौतिकरूपमै एसईई हुँदै, ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ।
यस वर्षको एसईईमा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका छन्। वैशाख २० गतेसम्म सञ्चालन हुने परीक्षा यस पटक भौतिकरूपमै सञ्चालन भइरहेको छ।
यसअघिका लगातार दुई एसईई परीक्षा कोभिड महामारीका कारण आन्तरिक मूल्याङ्कनको आधारमा भएको थियो।
देशभरका दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ। यस पटक परीक्षामा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट ४३ परीक्षार्थी सहभागी छन्।
२०७९ वैशाख ०९ गते ८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।