काठमाडौंः आज विश्व कविता दिवस रहेको छ। हरेक वर्ष मार्च २१ मा मनाइने कविता दिवस आज नेपालमा पनि विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
शब्दमाला
दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा सञ्योजक शशी लुमुम्बुले जानकारी दिए।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ।
२०७८ चैत ०७ गते ८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।