रंग पत्रकार जीवन पराजुलीको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक

रंग पत्रकार जीवन पराजुलीको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक

काठमाडौं : रंग पत्रकार जीवन पराजुलीको पुस्तक ‘क्लोज–अप’ सार्वजनिक गरिएको छ। पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्।

नेपाली चलचित्रका केही आयाम र पात्रहरूमा आधारित गैर आख्यान पुस्तकमा ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र सिमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौँ अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ति कालखण्डका चलचित्रकर्मीहरूको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ। 

३६३ पृष्ठको पुस्तकको मूल्य ५९९ रुपैयाँ रहेको छ । पुस्तक यसै साताबाट देशभर तथा अमेजनमार्फत संसारभर उपलब्ध हुने बताइएको छ ।

६ चैत, २०७८, १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।