बलात्कार आरोपी पलको पक्षमा माहौल बनाउन विरोध प्रदर्शनको तयारी

बलात्कार आरोपी पलको पक्षमा माहौल बनाउन विरोध प्रदर्शनको तयारी

काठमाडौँ : नाबालिगको बलात्कारको आरोपमा पल शाह अदालतको आदेशमा सात दिन न्यायिक हिरासतमा पुगेपछि उनी निकटहरू प्रदर्शन गरेर अनुसन्धान प्रभावित पार्ने प्रयासमा लागेका छन्।

जाहेरी परेको पाँच दिनसम्म लुकेर बसेका पल आफू निकटमार्फत पीडित विरुद्ध सामाजिक सञ्जाल र युट्युबमा विभिन्न सामाग्री सम्प्रेषणमा सक्रिय देखिएका थिए।

पल हिरासतमा पुगेपछि उनका समर्थकहरू अभिनेताको रूपमा दर्शकमाझ बनेको फिल्मी छविको प्रभावमा अनुसन्धान प्रभावमा पार्न विरोध प्रदर्शनका कार्यक्रम बनाएका छन्।

विरोध कार्यक्रम कसले आयोजना गरेको खुलेको छैन। २ वटा मोबाइल नम्बर मात्र राखिएको छ पोस्टरमा। राखिएको २ वटा नम्बरमध्ये एक सुरेन्द्र मल्लको भएको देखिन्छ।

पलको पक्षमा माहौल बनाउन एक समूहले अनामनगरमा पलको पक्षमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भए लगत्तै नयाँबानेश्वरबाट गायब भएका उनी पाँच दिनसम्म निकटसँग बसेर लुकेका थिए।

पल लुकेर जाहेरीमा गरिएको दाबी विरुद्धका सामाग्री सामाजिक सञ्जालमा सम्प्रेषण गराएर पक्राउ नै नगर्न प्रहरीलाई दबाब बढाउन थालेपछि उनीसँग सम्पर्कमा देखिएकाहरूलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ सुरु गरेलगत्तै उनीआइतबार तनहुँ पुगेर सरेन्डर गरेका थिए। प्रहरीले उनीसँग सम्पर्कमा देखिएका फिल्म निर्देशक सुदर्शन थापालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

अभियन्ताको आवरणमा रहेर अपराधमा पक्राउ परेका ज्वाला सङ्ग्रौला लगायतकाहरु अहिले सामाजिक सञ्जालमा जाहेरीमा उल्लेखित पीडित नाबालिगको चरित्रहत्यामा केन्द्रित देखिएका छन्।

टिकटक लगायतमा राजनीतिक दलको सभा सम्मेलनको तस्बिर र भिडियो क्लिप राखेर पलको पक्षमा नाराबाजी भइरहेको आवाज राख्दै एक समूह सक्रिय देखिएका छन्। केही यूट्युवरहरु समेत पलको पक्षमा सक्रिय देखिन्छन्।

फिल्म प्रमोसनमा पलको फ्यानहरूको सेन्टिमेन्ट क्यास गर्न 'म यस्तो गीत गाउँछु-२' को निर्माण टोली र केही कलाकार समेत सक्रिय देखिएका छन्।

१५ फागुन, २०७८, २२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।