पलसँग सम्पर्कमा देखिएका निर्देशक थापा प्रहरी नियन्त्रणमुक्त

पलसँग सम्पर्कमा देखिएका निर्देशक थापा प्रहरी नियन्त्रणमुक्त

काठमाडौँ : नाबालिग गायिका बलात्कारको जाहेरी परेपछि भागिरहेका अभिनेता पल शाहसँग सम्पर्कमा देखिएपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको निर्देशक सुदर्शन थापा प्रहरीको नियन्त्रणमुक्त भएका छन्।

चार दिनदेखि भागिरहेका अभिनेता शाहसँग उनी सम्पर्कमा रहेको सूचनाको आधारमा प्रहरीले थापालाई सोधपुछका लागि नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखेको थियो। पलको मोबाइल जहाँ-जहाँ सक्रिय देखिएको थियो थापाको मोबाइल पनि त्यतै सक्रिय रहेको,थापाको परिचितले पललाई लुक्न सहयोग गरेको सूचनाको आधारमा जानकारीका लागि प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो।

थापा पलले अभिनय गरेको र हाल हलमा लागिरहेको फिल्म ' म यस्तो गीत गाउँछु-२' का निर्देशक समेत हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि अभिनेता शाह अनुसन्धानमा सघाउनुको साटो भागेपछि प्रहरीले उनलाई सहयोग गर्नेहरू केन्द्रित अनुसन्धान सुरु गरेको हो।

१४ फागुन, २०७८, १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।