पल प्रकरणमा जाहेरीको हदम्याद नाघेको छ त ?

पल प्रकरणमा जाहेरीको हदम्याद नाघेको छ त ?

काठमाडौँ : नाबालिकालाई बलात्कार गरेको भन्दै अभिनेता पल शाहविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएपछि जवर्जस्ती करणीमा हदम्याद नाघेको दाबीहरू आइरहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता भएको जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१)  र दफा २२८ अनुसारको सजायको माग गरिएको छ।

जाहेरीमा शाहले यौन दुर्व्यवहार, बलात्कार प्रयास अनि बलात्कार गरेको भिन्न-भिन्न मिति र स्थान उल्लेख छ। जाहेरीमा बलात्कारको मात्र मागदावी गरिएको छ।

उल्लेखित दफामा कसुर भएको मितिले एक वर्षभित्रमा जाहेरी गर्नुपर्ने उल्लेख छ। जाहेरीमा उल्लेख भए अनुसार शाहले नाबालिक गायिकालाई सबैभन्दा पहिला २०७७/०६/२२ मा काठमाण्डौमा 'पिपलु वर' भन्ने बोलको गीतको भिडियो सुटिङको क्रममा भेट भएको देखिन्छ।

त्यसपछि नै उनीहरूबिच फेसबुक आइडी र फोन नम्बर आदान प्रदान भएको थियो। पहिलो पटक २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा जाँदा शाहले बाल यौन दुरुपयोग गरेको उल्लेख छ।

गलकोट महोत्सवमा जाँदा पूर्ण विक्रम शाह, दुर्गेश थापा, योगेस काजी, सम्राट् चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारसँगै रहेको जाहेरीमा उल्लेख छ।

दोस्रो मिति उल्लेख छ २०७८/०१/१४। सो दिन साँझ ७ बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा तनहुँ शुक्ल गण्डकी नगरपालिका नगरपालिकामा दुलेगौडामा प्रदीप थापाको घरमा बसेको बेलामा  दुबै जना ११ बजेसम्म रक्सी खाएर बसेको र राती १२ बजेतिर शाहले कोठामा आएर माया प्रेम गरेको बाहान बनाएर उमेर पुगेपछि विवाह गर्छु भनेर जवर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

तनहुँमै जाहेरी दर्ता भएकाले अपराध भएको मिति र स्थान २०७८ वैशाख १४ लाई मानेको देखिन्छ। यस आधारमा उजुरी दिने हदम्याद २०७९ वैशाख १४ सम्मै देखिन्छ। जाहेरीमा उल्लेख भए अनुसार शाहले २०७७/०९/१० गते पोखरा स्थित होटेल प्राइममा र मिति २०७७/१२/०७ गते चितवन स्थित गैँडाकोट रिसोर्टमा जवर्जस्ती करणी गरेको उल्लेख छ

११ फागुन, २०७८, २३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।