आफ्नै मैदानमा वेष्टइन्डिजसामु इंग्ल्याड स्तब्ध

आफ्नै मैदानमा वेष्टइन्डिजसामु इंग्ल्याड स्तब्ध

काठमाडौं : इंग्ल्यान्डमा जारी तेस्रो टी–२० क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजले घरेलु टिमलाई २० रनले पराजित गरेको छ।

बुधबार राति वेस्टइन्डिजले दिएको २२५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ९ विकेट गुमाउँदै २०४ रनमा समेटिएपछि वेष्टइन्डिज जित निकाल्न सफल भएको हो।

इंगल्याण्डका लागि टोम बान्टोन र फिल साल्टले अर्धसतक बनाए। बान्टोनले ७३ रन बनाउने क्रममा ३९ बलको सामना गर्दै ६ छक्का र ३ चौका प्रहार गरे।

साल्टले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५७ रन पूरा गरे। तर उनीहरुको अर्धसतकले हारबाट भने जोगाउन सकेन।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २२४ रन बनाएको थियो।

पाहुना टोलीका रोभमन पावेलले सतक प्रहार गरे। ५३ बलमा उनले ४ चौका र १० छक्काको सहयोगमा १०७ रन बनाएका थिए।

त्यस्तै निकोलास पूरनले ७० रन बनाए। उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गरेका थिए।

यो जितसँगै वेष्टइन्डिजले ५ खेलको सिरिजमा २-१ को अग्रता लिएको छ। चौथो टी-२० आइतबार हुनेछ।

१३ माघ, २०७८, ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।