सुनको भाउ तोलाको ९३ हजार ५ सय 

सुनको भाउ तोलाको ९३ हजार ५ सय 

काठमाडौँ : सुनको भाउ तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आइतबार पनि छापावाल सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँले घटेको थियो। 

यस्तै तेजाबी सुनको भाउ पनि आइतबारकै मूल्य ९३ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। चाँदीको भाउ तोलाको १३ सय १५ रुपैयाँ कायम भएको छ।

१० माघ, २०७८, १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।