माघ ९ बाट त्रिविका सबै परीक्षा स्थगित

माघ ९ बाट त्रिविका सबै परीक्षा स्थगित

त्रिविले वार्षिक र सेमेस्टर दुवै प्रणालीका परीक्षाहरू यही माघ ९ गतेबाट स्थगित गर्ने निर्णय गरेको हो। परीक्षा दिने विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत सङ्क्रमित भएको भन्दै त्रिविले अर्को सूचना जारी नभएसम्मका लागि परीक्ष स्थगित गर्ने निर्णय गरेको हो।

‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरू सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेको र विश्व्यापी रूपमा फैलिएको ओमक्रोम भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकबाट हाल सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ’, त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा भनिएको छ। 

यसअघि त्रिविले स्नातक तहको परीक्षा केही दिनअघि सार्वजनिक गरेको थियो। आजको सूचनासँगै सबै परीक्षा हाललाई स्थगित भएको छ।

६ माघ, २०७८, १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।