बुटवलको डान्स क्लबमा शुभारम्भको अघिल्लो दिन आगलागी 

बुटवलको डान्स क्लबमा शुभारम्भको अघिल्लो दिन आगलागी 

बुटवल मिलनचोक स्थित सिद्धार्थ कटेज नजिकै निर्माणाधीन क्लबमा शुक्रबार दिउँसो १ बजेतिर आगो लागेको आगो २ घण्टापछि निभाइएको छ। स्थानीय, प्रहरी, बुटवल उपमहानगरपालिका, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकाका दमकलको मद्दतले आगो निभाइएको केसीले बताए। 

माघ १ गते शनिबार शुभारम्भ गर्ने तयारीमा रहेको निर्माणाधीन प्लान बी डान्स क्लबमा ओलडिङ्ग गर्ने क्रममा अचानक आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। 

३० पुस, २०७८, १७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।