मध्यान्न १२ बजेसम्म दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

मध्यान्न १२ बजेसम्म दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं: दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो।

हाल शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएको समेत उनले बताए। उक्त मतदान केन्द्रका चार स्थलमा आठ हजार ५१४ मतदाता रहेका छन्।

आयोगको यही ११ मङ्सिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज पुनः मतदान गर्ने निर्णय गरेको थियो। 

वैत्यश्वर वडा नं ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्रमा मतदान भइरहेको छ। निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनःमतदान गर्ने यही मङ्सिर ११ गते निर्णय गरेको थियो।

ती मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।

१५ मंसिर, २०७९, १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।