कैलालीमा पाैडी खेल्दा र बाल्टीमा पानीमा डुबेर दुई बालककाे मृत्यु

कैलालीमा पाैडी खेल्दा र बाल्टीमा पानीमा डुबेर दुई बालककाे मृत्यु

कैलाली : जिल्लामा बाल्टीमा भरिएको पानीमा डुबेर आज एक बालकको मृत्य भएको छ।

गौरीगङ्गा नगरपालिका–२ मालीका टोलका नरिबहादुर ऐरको एक वर्षीया छोरा वीरेन्द्र ऐरको आफ्नै घरको पानीको धारामा खेल्ने क्रममा बाल्टिमा भरिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

पानीमा डुबी घाइते भई बालकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै, पिकनिक खान गएका एक बालकको मछली नदीमा डुबेर मृत्यु भएको छ। धनगढीको सन्तोषी टोलका १६ वर्षीया आर्यन लामाको गोदावरी नगरपालिका–११ कोलमुडास्थित मछली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जोशीले बताए।

लामालगायत ११/१२ जनाको टोली सोही ठाउँस्थित पिकनिक खान गएको र निज लामा उक्त नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भई डुबेर मृत्यु भएको बताइएको छ।

११ कात्तिक, २०७९, २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।