बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने, खर्चकाे सीमा ताेक्न परामर्श

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने, खर्चकाे सीमा ताेक्न परामर्श

काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बुधबारदेखि अचारसंहिता लागू हुने भएको छ।

मंगलबार आयोगमा बसेको बैठकले बुधबारदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

यस्तै, निर्वाचनमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य भइरहेको समेत थपलियाले बताए।

खर्चको सीमा तोक्ने सम्बन्धमा मंगलबार आयोगले राजनीतिक दलसँग परामर्श गरेको छ।

११ असोज, २०७९, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।