थप ७६ जना कोरोना संक्रमित

थप ७६ जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप ७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ६९ जनामा नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

त्यस्तै, शुक्रबार ८७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३७१ पुगेको छ।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

७ असोज, २०७९, १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।