स्वास्थ्य बिमाको समस्या समाधान कार्यदल बैठक : राज्यमन्त्रीद्वारा रणनीतिक योजना प्रस्तुत

स्वास्थ्य बिमाको समस्या समाधान कार्यदल बैठक : राज्यमन्त्रीद्वारा रणनीतिक योजना प्रस्तुत

काठमाडौं : स्वास्थ्य बिमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बिमा कार्यक्रम सफल बनाउन रणनितीक योजना प्रस्तुत गरेका थिए।

बैठकमा स्वास्थ्य बिमा समस्या समाधानका दिर्घकालीन उपायका बारेमा छलफल भएको स्वास्थ्य राज्यमन्त्री केसीको सचिवालयले जनाएको छ । 

स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बिमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए।

‘स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक छ,’ उनले भने, ‘यो कार्यक्रमलाई नागरिकले सक्दो लाभ लिने र सेवामा थप गुणस्तरीयता बनाउन जरुरी छ, यसका लागि हामीले छिट्टै ठोस खाका बनाउँछौं।’

समितिको सदस्यहरूमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव गुणराज लोहोनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल रहेका छन् ।

कार्यदलको अर्को बैठकआइतबार दिउँसो तीन बजे बस्नेछ ।

१ भदौ, २०७९, १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।