आज राति बागमती, गण्डकी र लुम्बिनीमा भीषण वर्षाको सम्भावना

आज राति बागमती, गण्डकी र लुम्बिनीमा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।

यतिबेला देशभर सामान्य बदली रही प्रदेश १, बागमती  प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भीषण वर्षाको सम्भावना छ।

२१ साउन, २०७९, ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।