यौन दुर्व्यवहार गरेको आरोप लागेका पत्रकार सङ्घको पदाधिकारीको छानबिन गर्न समिति गठन

यौन दुर्व्यवहार गरेको आरोप लागेका पत्रकार सङ्घको पदाधिकारीको छानबिन गर्न समिति गठन

काठमाडौँ : पत्रकार रीना मोक्तानले आफूलाई यौन दुर्व्यवहार गर्ने व्यक्ति छनौट समितिमा रहेर पुरस्कार दिने गरेको निर्णय अनुसारको पुरस्कार लिन अस्वीकार गरेको विषयमा चलचित्र पत्रकार सङ्घले छानबिन गर्न समिति गठन गरेको छ।

कला सम्बन्धी रिपोर्टिङमा सक्रिय मोक्तानलाई सङ्घले केही समय अगाडि पुरस्कृत गर्ने निर्णय सार्वजनिक गरेको थियो। सञ्चारकर्मी मोक्तानले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै' जुरीमा रहेकामध्ये एक जनाले आफूलाई पाँच वर्ष अगाडि यौन दुर्व्यवहार गरेकाले पुरस्कार नलिने आफ्नो धारणा सार्वजनिक गरेकी थिइन्।

सङ्घको सदस्य समेत रहेकी मोक्तानको धारणा सार्वजनिक भएपछि सङ्घको आकस्मिक बैठक बसेर समिती गठन गरेको छ। सुरक्षा भट्टराईको नेतृत्वमा बनेको समितिमा सृष्टि पोखरेल, गोपीकृष्ण चापागाईँ, अन्जान दाहाल र आशिष गिरी रहेका छन्।

आयोजक कमिटीका पदधिकारीले पाँच वर्षअघि यौन दुर्व्यवहार गरेको भन्दै पुरस्कार नलिने घोषणा

सङ्घका अध्यक्ष दिनेश सिटौलाले जारी गरेको विज्ञप्तिमा बहालवाला एक पदाधिकारीले पाँच वर्ष अगाडि आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकोमा सङ्घको गम्भीर ध्यानाकर्षण भएको भन्दै सोको छानबिन गर्न समिति गठन गरेको उल्लेख छ।

२३ जेठ, २०७९, १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।