सत्ताधारीको प्रतिक्रिया : परफेक्ट नभए पनि आधारभूत रूपमा ठिक छ

सत्ताधारीको प्रतिक्रिया : परफेक्ट नभए पनि आधारभूत रूपमा ठिक छ

काठमाडौँ : पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा रहेका दलको धारणा अनुसार सरकारको नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिएका छन्।

उनले नीति तथा कार्यक्रम आधारभूत रूपमा ठिक भएको प्रतिक्रिया दिए। उनले नीति तथा कार्यक्रमले गठबन्धन दलको धारणालाई अगाडि सारेको छ र जनताको मुद्दालाई, अहिलेको समस्यालाई सम्बोधन गर्ने कोसिस गरेको बताए।

उनले नीति तथा कार्यक्रम पर्फेक्ट नभएको तर आधारभूत रूपमा ठिक रहेको प्रतिक्रिया दिए।

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले नीति तथा कार्यक्रमले समुन्नत नेपालको निमित्त खाका सहित अवधारण प्रस्तुत गरेको दाबी गरे। उनले मुलुकलाई कानुनी शासन र सुशासनको प्रत्याभूति गर्दै आर्थिक विकासका साथ अघि बढाउन कार्यक्रमले सघाउने तर्क गरे।

उनले यो आश्वासनको पुलिन्दा नभएर कार्यान्वयनमा जाने योजना रहेको तर्क समेत गरे।

१० जेठ, २०७९, २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।