प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने

प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने भएको छ। संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने बताएकी छिन्।

नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसै गरी सरकारले थप मुलुकसँग आर्थिक सम्झौता गर्ने भएको छ। सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा बताएकी हुन्। ‘थप मुलुकसँग व्यापार सम्झौता गरिनेछ’ उनले भनिन्। भैरहवा नेपालगन्जको एकीकृत भन्सार चौकी यथाशक्य निर्माणा सम्पन्न गरिने पनि उनले बताइन्।

१० जेठ, २०७९, १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।