मोदी सरकारबाट प्रभावित नीति तथा कार्यक्रम, मेक इन इन्डिया बन्यो मेक इन नेपाल

मोदी सरकारबाट प्रभावित नीति तथा कार्यक्रम, मेक इन इन्डिया बन्यो मेक इन नेपाल

काठमाडौँ : सरकारले नीति तथा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगाडि बढाएको कार्यक्रमको नाम राखेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको कार्यक्रममा 'मेक इन नेपाल' र 'मेड इन नेपाल' अभियान समेटिएको हो।

'मेक इन नेपाल' भारतीय प्रधानमन्त्री मोदीले अगाडि बढाएको 'मेक इन इन्डिया' कार्यक्रमबाट प्रभावित देखिन्छ। भारतमै उत्पादन बढाउन मोदीले यो कार्यक्रम सन् २०१४ मा अगाडि बढाएका थिए।

यो अभियान अन्तर्गत भारत सरकारले विदेशी लगानीकर्ताहरूलाई भारतमा लगानी गर्न प्रोत्साहित गर्ने गरेको छ। यही अभियान अन्तर्गत भारतका परम्परागत उत्पादनलाई आधुनिकीकरणको अभियान समेत अगाडि बढिरहेको छ।

नेपाल सरकारले पनि उही शब्द आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। त्यसको कार्य योजना र कार्यान्वयनको संरचना भने सार्वजनिक भएको छैन। 

१० जेठ, २०७९, १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।