कृषकको उत्पादनलाई बजार उपलब्ध गराउन कृषी मार्ट बनाइने

कृषकको उत्पादनलाई बजार उपलब्ध गराउन कृषी मार्ट बनाइने

काठमाडौँ : कृषकको उत्पादनलाई सहज रूपमा बजार उपलब्ध गराउन सरकारले कृषि मार्ट स्थापना गर्ने बताएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि सम्बन्धी कार्यक्रम सार्वजनिक गरेकी हुन्।

कृषि कार्यक्रमहरूमा रासायनिक मलको आयात सुनिश्चित गरिने र प्राङगारिक मलमा समेत रासायनिक मलमा सरकारले दिए बराबरको अनुदान दिने उल्लेख छ।

यसै गरी कृषकको उत्पादन खरिद गर्ने पद्धति बनाउने, उखु प्रवर्धन खर्च उपलब्ध गराउने, कृषी बालीमा पुग्न गएको राहत शीघ्र उपलब्ध गराउने, स्वदेशमै पशु सम्बन्धी भ्याक्सिन उत्पादन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

कृषिको आयात व्यवस्थापन गरिने, विषादी र क्वारेनटाइनमा निजी क्षेत्रलाई सहभागी गराउने, कृषियोग्य भूमिमा वर्षैभरि सिचाइको सुविधा उपलब्ध गराउन आगामी वर्ष थप २२ हजार २ सय हेक्टरमा सिचाइ पुर्याउने नीति तथा कार्यक्रममा उल्लेख छ।

१० जेठ, २०७९, १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।